norefer

norefer
More

    रियल मड्रिडले सुरु गर्यो पुनरागमन जित

    - Advertisement -
    - Advertisement -

    ३० साउन काठमाडौं– ला लिगाको साविक विजेता ,रियल मड्रिडले नयाँ सिजनको पहिलो खेलमा अल्मेरियालाई २-१ ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ ।

    अल्मेरियाको मैदानमा रियलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ३ अंक जोडेको हो ।

    खेलको छैटौं मिनेटमै लार्जी रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अल्मेरियाको अग्रता कायम रहे पनि दोस्रो हाफमा रियल खेलमा फर्कियो ।

    लुकास भाज्क्वेजले ६१ औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए । त्यसपछि डेभिड अलावाले ७५औं मिनेटमा फ्रि-किकमार्फत विजयी गोल गरे ।

    बुधबार भएको युइएफए सुपर कपमा इङट्राट फ्रांकफर्टलाई हराएर उपाधि जितेको रियल उच्च मनोबलका साथ मैदानमा उत्रेपनि पहिलो खेलमै संघर्ष गर्नुपरेको थियो ।

    रासस

    - Advertisement -

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -
    norefer

    ताजा अपडेट

    norefer