आधुनिक घरहरुले भरिएको पर्वत जिल्लाको कुश्मा लोपहुन लागेका ३०० वर्ष पुरानो घरलाई संरक्षण गर्न लागिएको छ । कुश्मा नगरपालिका वडा नं. ६ माझगाउँमा रहेको राम गिरीको घरलाई संरक्षण गर्न लागिएको हो २०२४ सालमा तत्कालिन पंञ्चायती अड्डा बसेको घरलाई शताब्दी घर बनाउन लागिएको हो ।
पुरानो कला र शैलीमा निर्माण भएको घरलाइ कुश्मा कला प्रयोजनले शताब्दी घरको रुपमा संसक्षण गर्ने बताएको छ ।
भोलि समुदायलाई सचेत र सजग संरक्षण प्रति उत्तरदायी बनाउने सोचले यो घरको परिकल्पना गरेको र यो घरमा स्वस्थ चिन्तन गरेर काम गर्ने सफा थलोको रुपमा यसलाइ लिएका छौं ।
कुमाल, नेवार र गिरी समुदायको संस्कृति र भेषभूषा झल्किने पुराना भाँडा र कलाहरुको समेत संकलन गरि यो कार्य गर्न लागिएको हो ।
कुश्मा नगरको प्रख्यातीमा यहाँ उजागर नभएका थुप्रै विषयहरु छन् कुश्मा नगरलाइ कस्तो बनाउने वा कस्तो हुनबाट जोगाउने त्यो हामी सबैको सोचको परिणती हो त्यसैले कुश्माको सिर्जनशील विकासका लागि सबैको हातेमालो गरौं कुश्मालाई सर्बत्र चिनाउँ ।
आँगन, पिडी, मझेरी, आँटी, बार्दली र सिरान तल्ला गरि तिन तल्लामा पुरानो वास्तुकलामा निर्माण भएको घर करिव १ रोपनी क्षेत्रफलमा फैलिएको छ अहिले भने यसलाई रङ्गरोगन गरि चट्ट पारिएको छ।
समाजका यस्ता पुराना घरहरुलाइ बचाउन अहिलेको प्रमुख आवश्यकता हो यस घरबाट नै भोलि समाजलाई उपयोगि हुने साहित्य, कला, संगित, सिनेमा हल आदि विभिन्न प्रशिक्षणका कार्यक्रमहरु पनि संस्थाले आयोजना तथा संञ्चालन गर्ने संस्थाका सदस्य रुपेश सापकोटाको भनाई छ ।

समाजमा सकारत्मक सोचको विस्तार गर्न सकियोस भन्ने भावना राखेर नै यो संस्था गठन गएिको सापकोटाले बताउनुभयो यस घरमा सामाजिक, समुदायिक, पुस्तकालय, सांस्कृतिक संग्राहालय र कलकारका लागि खाना वस्नको सुविधा संस्थाले उपलब्ध गराउने बताउनुभयो ।
अहिले कुश्मा घुम्न आउने आगन्तुकका लागि विशेष गन्तब्य बनेको यस घर २५ वर्षको समय अवधी राखेर मासिक २५००० भाडा लिने दिने करार संझौता गरिएको छ । समुदायमा आधारित कला संस्था (कुश्मा कला परियोजना) ले जिम्मा लिएको हो ।
भौतिक विकासको नाममा सिमेन्ट कंक्रिट देखिन थाले, हाम्रा मौलिक परम्परा र रितिरिवाज पनि विर्सियौँ । प्राकृतिक शुन्दरताले भरिपूर्ण कुश्मा आफैमा मौलिक विकास खोजिरहेछ । मानविय सामाजिक जनजिवन संग जोडिएका सम्पुर्ण सम्पदाको संसक्षण गरौं भन्ने हेतुले संस्था स्थापना गरिएको सदस्य सापकोटाले बताउनुभयो ।
२५ जना कार्यसमिती रहेको उक्त संस्थाले थप युवाहरु समेटेर समितिलाई विभिन्न स्वरुपमा विस्तार गर्ने सोच लिएको उक्त परियोजनाको अध्यक्षमा स्थानिय आरके.अदिप्त गिरी हुनुहुन्छ ।
शब्द: सिर्जना पौडेल, बागलुङ