4 दिने विपद् प्रतिकार्यका लागि सामुदायीक पहल तालिम सम्पन्न।।
असार ३ चितवन,
ADPC नेपाल ,नेपाल रेडक्रस सोसाइटी तथा USAID को सहयोगमा भएको विपद् प्रतिकार्यका लागि सामुदायीक पहल तालिम सम्पन्न भएको छ। जेठ ३१ गते देखि सञ्चालन भएको ८ जना प्रशिक्षकले दिएको तालिममा ४ ओटा नगर( रत्ननगर,खैरहनी,कालिका,र राप्ती )का २५ जना सहभागी को सहभागिता थियो ।
प्रशिक्षणमा भूकम्प, बढी, पहिरो ,आगोलागी भएमा प्राथमिक उपचार के गर्न सकिन्छ तथा घाइते को उद्धार कसरी गर्ने बारेमा पुण प्रशिक्षण भएको सहभागीहरु ले बताउनुभयो ।
आज कार्यक्रम को समापनमा रत्ननगरका मेयर प्रलाद सपकोटाले कार्यक्रमको समापन गर्दै भैपरि आउने आपत बिपतको पूर्व तयारीको लागि भएको यो तालिम अति उपयोगी भएको बताउनुभयो, साथै रत्ननगर तथा अरु नगरमा हुने जैविक प्रकोबाट बच्न पूर्वतयारीको लागि तालिमबाट योग्य भएका समुदायिक उद्धारकर्ता लाई धन्देवाद दिँदै सहकार्य गराउन प्रतिवद्धता समेत दिनुभयो।।