हामी छोरीहरुलाई धेरै राम्रा नामहरुले परिभाषित गरेको पाइन्छ समाजमा छोरी फुल हो,छोरी घरको गहना हो छोरी इज्जत हो छोरी ममताको मुर्ति हो छोरी प्रेरणाको स्वरुप हो छोरी आदर्श हो छोरी मान,प्रतिष्ठा हो आदिथाहा छैन यो नाम सकारात्मक रुपमा दिइन्छ या नकारात्मक रुपमा दिइन्छ, अझै भगवानको रुपमा छोरिहरुकै नाम लिइन्छ,दुर्गा,पार्वती ,देवि,लक्ष्मि,सरस्वति इत्यादि थाहा छैन यो किन भनिन्छ।

वि.स २०७८ साल मंशिरतिरको कुरा हो,गाउँतिर खेतिबालि थन्क्याइसकेपछि फुर्सदिलो समयमा काठको कोलमा निबुवा पेलि चुक अमिलो बनाउने गरिन्छ।हाम्रो घरमा पनि चुक बनाउन चखत्रो टिपि पेल्ने कुरा मैले गरे तर त्यति रस नपसेको हुने रैछ तर म बाबा आमाले हुन्न भन्दाभन्दै निम्बु टिपि चुक बनाउने तरखर गरे किनकि म बजार बसि स्नातक तहमा अध्ययनरत थिए बिदाको समयमा घर गयकाले बिरामि बाबाआमाको अस्विकारमानै निम्बु पेल्ने तरखरमा लागे त्यसै दिन कोल गाडि पेल्न तयार बनाय।

एकजना दाईलाई निम्बु पेल्न बोलायकि थिय।दाइ आइ निम्बु पेल्दै हुनुहुन्थ्यो।बिरामि बाबा यत्तिकै बस्नुभयको थियो ममि भने निम्बुको बोक्रा फाल्दै हुनुहुन्थ्यो। दिनको त्यस्तै 12/1 बजेतिर दाइ थकाइले ओझेलमा विसाउनुभयको अनि म भने रङ्ग लागेर एक/दुई ओटा निम्बु राख्दै पेल्न के लागेकि थिय बाटोको घर एकजना देख्दा हट्टकट्ट ज्यान भयको अधबैसे ठिटो आउनुभयो अनि मैले निम्बु पेल्दै गरेको कोलतिर नजर राखि “छोरा मान्छे किन चाहियो नातिनि त कडा रैछिन छोरा खैत तपाईंको भन्दै बाबालाई सोध्नुभयो। के-कसरी आउनुभयो को हो तपाईं भनी सोध्दा ” म वडा कार्यालयमा आयको थिय यस्सो गाउतिर हिडेको” उहाँले भन्नुभो अनि बाबाको जबाफ यिनी मेरि छोरी हुन नातिनि जस्तै मान्नुभो बाबुले….!बाबा नबिस्याउदै मेरा धैरै बहिनी छोरी कान्छी छोरी उनी बुडिया तिनी अरु छोरी ठाउँठाउँमा छन के भन्न पाउनु भयको थियो त्यत्तिकैमा अपरिचित उहाँ एक्कासि ममिको छेउमा गई -“अर्को बिहे गर्न दिनुभयन,वंश धान्नुपर्छ बिहेगर्नु भन्नसक्नु भयन आमै भनी चर्को स्वरले भन्नुभयो ममि केही पनि नबोलि निरास अनुहार लगाउदै केही नबोल भन्ने इसाराले म तिर हेर्नुभयो म भनेअल्लि ठूलो स्वर गर्दै के भन्नुभाको छोराले केकेन गर्छन जस्तो मैले सब देखेकि छु हजुर चुपचाप बाटो लाग्नुस भने अनि बाबाले मलाई चुप गराउदैबाबा परिचय गरौ न केकताबाट आउनुभो भनी सोधपुछ गर्नुभो पछि त उनी बाबाको साथि यक जना जनजाति हाम्रो घरदेखि अल्लिपर सुब्दार मेजरको छोरापो रहेछन।

पछि मैले पनि चिने उनी त घरमा बुढि र म मात्रै छौ बुढि बिरामि म यस्तै भन्दै हातखुट्टा कमाउदै चिया खाम न भन्दै हाम्रो घरमा आइरहने बाजेको छोरापो रहेछन।मलाई सम्झना आयो उहाँ बाजेलाई ३/४ पटक त मैलेनै चिया पकायर खुवायकि थिय।बाबाको पल्टाइपल्टाई निडर,नम्र भई बोल्ने स्वभाबले उँहालाई बुझाउनुभय पछित ए ए …..!!म बाबालाई हजुरको साथिकोमा गयको हुँ भन्छु मोबाइल नम्बर दिनुस न भन्ने जस्ता कुरा गरि त्यो कुरा टिमल्न थाल्नुभयको थियो मैले भने- बाबा यो दाईलाई नम्बर दिन आवश्यक छैननदिनु भने तर बाबाले मलाई र उनलाई सम्झाउदै नम्बर दिनुभयो अनि फेरिफेरि पनि पल्टनबाट आयपछि आउनुहै बाबू भन्दै बिदा गर्नुभयो उनी भने मसँग माफि माग्दै चित्त नदुखाउनु है नानि भन्दै छिटो छिटो बाटो लागे।

यतिमात्र हैन समाजमा छोरा नभएको भन्दै बाबा ममिलाई धेरै सानो बनाउने अनि हेप्न्न खोजेको धेरै देखेकी थिए । तर मेरा बाबा ममी साहासि हुनाले त्यति सहेर बस्नु भएन धारामा पानिको कुरामा होस या बाटो खन्ने कुरा होस या कुनै बिकास निर्माणका कुरामा होस यात कुनै सेवा सुबिधाको कुरामा होस ,छोरिछोरि भयकोलाई त चाहिदैन यिनिहरुको जग्गाजमिन धेरै भयर के काम धेरै धन कमायर के काम भन्ने जस्ता कुरा धेरै सुनेकि छु।छ सात महिना पहिला माथि बाटो हुदाहुदै हाम्रै दुईहल खेतलाई छड्के पारि खरबारि अनि खेत सकायर बाटो खनियो ठूलाठाला गनिने छोरालाई सम्पति ठान्नेहरु शिक्षित मानिनेहरु गई रोइकराई गरि डोजरनै छेकि राजनितिलाई अंगालि जग्गा जोगाय तर मेरो बाबा भने बिकासको काममा बादा बन्नुहुन्न दिनुपर्छ भोलि मेरै छोरी ज्वाइँ नातिनातिना इष्टमित्र हाम्रो खेतथियो भन्दै हिडुनन।भन्ने जस्ता कुरा गरि सहर्ष स्विकार्नुभयो म र दिदी रोक्न खोज्दा समेत बाबाममिले हाम्लाई बुझाउदै गालि गर्दै दिनुपर्छ थियो र त गयो भनी स्विकार्नु हुन्थ्यो।

तर यति हुदाहुदै पनि मेरो बाबाको सोझोपन अनि बुझकि स्वभाबलाई लात मार्दै गाउँमा दमन गर्न खोजिन्थ्यो।तेरा छोरिले केही गर्न सक्दैनन् ।क्रिया गर्ने छोरो छैन जस्ता निर्मम गालिबाट कमजोर तुल्याउन खोजिन्थ्यो तर पनि बाबाममि अलिमतिपनि लुल नखसालि आफ्नो सुरमा मेरा सम्पति मेरा छोरी हुन भनी अघि बढ्नुभयो।गाउँमा प्राय सात आठ बहिनी छोरी त सबका थिय तर अरुका छोरिपछि एउटा भयपनि छोरा थिय त्यसैले तिनिहरु हाम्लाई हेप्न्न खोज्दथे।

समाजमा बुद्धिजीवी कहलियका धेरै मेरा ठुलाबा,कान्छाबा,दाइ पर्ने धेरै हुनुहुन्थ्यो तर उहाँहरुनै बारम्बार बाबाको पछि परि कमजोर बनाउनतर्फ लाग्नुहुन्थ्यो।भने बाबाका मान्य दाईपर्ने प्राय धेरै हुनुहुन्थ्यो उहाँहरु छोरा छैनन् तेरा तलाई यो सम्पति के काम छोरीलाई बेकार पढाइदेछस भन्ने जस्ता कुरा गर्ने अनि ममिलाई असैह्य भई बोल्दा पोथि बासेको राम्रो हुन्न भन्ने धेरै गर्नुहुन्थ्यो त्यो मैले सानै उमेरदेखिनै सुन्दै र देख्दै आयको कुरा तर मेरि ममि अलिकति बोल्न सक्ने साहासि हुनुहुन्छ उहाँ अन्याया नसहने अनि कसैसँग नहट्ने।हाम्रा कोहिकोहि शुभचिन्तक भन्ने गर्थे तिम्रो आमा यत्तिको टाठि र अलिकति निडर हुनाले तिमिहरु यत्तिका भयकाहौ नत्रत आमालाई उहिल्लै……….!जस्ता कुरा हाम्रैमा आउने अनि अरुबाट सुनिने गर्थे तर बाबा ममिले त यस्ता कुराबाट हाम्लाई टाढै राख्नु हुन्थ्यो।

बाबा परिवारको कान्छो छोरा तर अरुबुवाहरुभन्दा अल्लि टाठो अनि मिजासिलो, नडराउने,नझुक्ने,अन्याय नसहने स्वभाबको भयका कारण पनि बाबाले धेरै मित्र कमाउनु भयको रहेछ।उनिहरु बाबालाई पछिपार्न र हेप्न्न जाल षड्यन्त्र रच्दथे तर बाबा नहटि अघि बढ्दा संघर्ष गर्दा फरकफरक थरिका उपनाम दिइन्थ्यो।दाईका छोराहरु भइभई छोरी पढायको छस जस्ता कुरा गरि बाबालाई लुल्याउन खोजिन्थ्यो।हाम्रै राम्रो जग्गा दाबि गर्ने अनि मुद्दा मामिला गरि कति त हारेका समेत रहेछन।अनि बनबुट्टामा अरुलाई प्रयोग गरि लफडा पारि बाबालाई चोट पुर्यायकाहरु आज हामी कलिला छोरी अनि मर्मका निर्मम आँसुको गालि र सरापले आफ्नो ठूलो घटनाघटि आफैको भाग्यलाई धिकार्दैछन त कति अझैपनि बिरामि नयाँजिवन पायका मेरा एक कर्मशिल बाबाको पछि लागिरहेकाछन्।

बुद्धिजीवी अनि सामाजिक व्यक्तित्व मानिने समाजका तिनै मानिसबाट २२अौ २३अौ शताब्दीसम्म पनि छोरा र छोरि भनी भिन्नता देख्ने चलन वा यश कदम बिरुद्ध तिनिहरुबाट धेरै विरोध खेप्नुपर्यो।उम्लियकाछन्।कुनदिन पोखिने हुन,घाटिहेरि हाड निल्नु,अर्काको घरजाने जातलाई लगानि गरेर गल्ति गरेको भनी सम्झाउन आउनेको कमि थियन तर बाबाको साथमा अझआमा एक निडर अनि कर्मठ नारि भएकै कारण यहाँ हामी धेरैबहिनि छोरिलाई यत्तिको सबल बनाउनुभयो।

धेरै आफन्तले नाक खुमचाय अरे ‘छोरो जन्मेको भय भबिष्यमा साहारा त हुन्थ्यो कठै फेरि पनि छोरी जन्माइछे अभागिनि!’ वरपरको समाजको भनाइले कति कचेट्यो होला? छोराले स्वर्ग पुर्याउने ,कमायर खुवाउने संस्कार बोकेको समाजले छोरिलाई आमाको भरोसा नठान्नु स्वभाविकै हो।यो पुरुषप्रधान समाजले भरियको देश हो,आमा तिमी आफूलाई कँहि अभागिनि त ठानिनौ? अँह म विश्वास गर्न सक्दिन।

अन्यथा तिमिले आफूलाई यति निडर रुपमा समाजमा पाइला टेक्ने थियिनौ होला। होअरुबाटनै मैलेसुनेकि थिय छोरा नै वंश हो भन्ने समाजलाई तिम्ले सबक जबाफ दियकि थियौ रे “छोरा होस या छोरी यिनी नै हाम्रा सम्पति हुन।” तिम्रो जबाफ सुनेर सबैको मुखमा बुझो लागेको थियो रे।हुन त तिमी हिन्दुधर्मालम्बि संस्कारि महिला थियौ।तर त्यस त्यसबेला देखि नै तिमी प्रगतिशिल बिचारधाराकि रहिछौ।म कति भाग्यमानि रहेछु जो हजुरजस्तो आमा अनि बाबाको कोखबाट कान्छि छोरिको रुपमा जन्म लिन पाय।

नारि सहनशिल हुनु स्वभावतः प्राकृतिक देन हो।त्यस्मा पनि आमा हुनुको कमजोरी हुन्छ।कुनैपनि जिवले सन्तानप्रति संवेदनशिल हुन्छ नै तर मध्य जवानिमा पटकपटक छोरिको जन्म पछि हजुरहरुले चाहेको भय हामी नाबालक छोरिलाई त्यागेर बाबाले अर्को बिहे गरि उहाँबाट हजुरआमालाई नाति दिनुहुन्थ्यो होला अनि आमा रुदै भयपनि अर्को संसारमा सुःख दुःख गर्नुहुन्थ्यो होला।तर तिमिहरु त्योबाटो रोजेनौ नावालक छोरीहरुको असिम मायाले गर्दा नितान्त समाजसंग लडि क्रान्ति गरि संघर्षमय जीवन रोज्यौ।धन्य आमा तिमी दुखको आसुँ लुकाउन ज्यादै सिपालु थियौ।तिम्लाई थाहा थियो तिम्रो आँसु र सुस्केरा कहि हाम्रा अघि बढ्ने प्रयासमा बाधा नबनुन।तिम्रो सुझबुझ सराहनिय थियो।आमा तिमिसंग अन्याय पुरानो हिन्दुधर्मको संस्कारमा हुर्केकि भयपनि तिम्रो प्रगतिशिल विचारधाराको म कायल छु ।

दोस्रो सन्तान छोरो जन्मायकि त थियौ तर असह्य तिमी मृत्युको मुखमा पुगेको कारण दाईको निधन भयछ पछि होसमा आई आफुलाई अभागिनि ठानेउहोला तर झनभन्दा झन पछि लगातार छोरी जन्मिदा र समाजको बाँड अनि अवहेलनाले त तिम्लेपक्कै म नै अभागिनि त्यति साहु बाचेको भय आज छोरिले यो कुरा सुन्न पर्ने थियन छोरिलाई आधार हुन्थ्यो जस्ता कुरा तिमी कताकता वर्बराउदा मैले सुटुक्क सुन्ने गर्छु तिमी आफै अभागिनि बन्यौ,आफैलाई दोषि ठहर्यायौ किन?आमा योत प्राकृतिक देनको कुरा हो।

हिजो असल छोराको आशमा भगवानसँग रोइकराई गरेर छोरिको गर्वपतन गरायका बाबुआमा आज त्यै छोराले वास्ता गरेन वृदाआश्रम छोड्यो भनेर तिनै भगवानसंग गुनासो गर्दैछन त कतिले सम्पति प्यारो अनि बुढा बाबाआमा हेला गरे भनी चौधारा रुदै हिनेको देख्न र सुन्नमा आयको ब्याप्त कुरा ।तर बुढेसकालमा सुखदेखि टाढा भएउ अमिलो मन नवनाउनुहै मेरा मुटुहरु बल्ल त संघर्ष गर्ने उमेर भयको छ तिम्रि छोरिको। यो मेरो जन्मले आफ्नो लागित अवश्य नै गरिन्छ तर यो पुरुषप्रधान समाजको लागि पनि छि फेरि पनि छोरी जन्मिछेबाट सुरु भयको समाजमा परिवर्तन ल्याउनुछ।

Advertisement